प्रशासन तथा योजना शाखाः
- कर्मचारीहरूको काज, बिदा लगायत सम्पूर्ण रेकर्डहरू राख्ने।
- कार्यालयका वार्षिक कार्यक्रमहरू उपयुक्त स्थान र समयमा कार्य सम्पादन गर्न कार्यक्रमहरूको वार्षिक क्यालेण्डर तयार गर्ने।
- कार्यक्रमहरू अनुगमन गर्ने तथा पृष्ठपोषण गर्ने।
- कार्यालय प्रमुखको निर्देशनअनुसार अन्य कार्यहरू सम्पादन गर्ने।
- वार्षिक कार्यक्रमहरूको मासिक, चौमासिक, अर्धवार्षिक प्रगतिहरू तयार गर्ने।
आर्थिक प्रशासन शाखाः
- कार्यालयको विनियोजन बजेट मितव्ययी भई प्रचलित ऐन, नियम बमोजिम खर्च गर्ने व्यवस्था मिलाउने।
- कार्यालयबाट उठ्ने विभिन्न शीर्षकका राजस्वहरू सम्बन्धित शीर्षकमा जम्मा भए नभएको हेर्ने।
- कर्मचारीहरूको तलब, भत्ता समयमै भुक्तानी गर्ने।
- बेरुजु भए सम्परीक्षण गर्ने वा असुलउपर गर्नुपर्नेमा असुल उपर गर्ने।
- कार्यक्रमहरूका सक्कल बिल भरपाइहरू समुचित व्यवस्थापन गरी राख्ने।
- मासिक, चौमासिक र वार्षिक आ.वि.हरू तयार गर्ने।
हस्तकला सीप विकास तथा तालिम शाखाः
- सीप विकास तथा उद्यमशीलता विकास तालिम सम्बन्धी सूचनाहरू प्रकाशन गर्ने।
- बजार माग रहेको स्थानीय तह, सङ्घसंस्था वा सरकारी निकाय र व्यक्तिद्वारा माग भएका तत्काल रोजगारीका अवसर सिर्जना हुने विषयहरूमा तालिम सञ्चालन गर्ने।
- तालिमका लागि प्रशिक्षक लगायत आवश्यक व्यवस्थापनका कार्यहरू सम्पादन गर्ने ।
- तालिम कार्यक्रमको योजना, अनुगमनका साथै मासिक, चौमासिक र वार्षिक प्रगति विवरण तयार गर्ने।
- कार्यालय प्रमुखको निर्देशनमा अन्य कार्य गर्ने ।
उद्योग तथा वाणिज्य शाखाः
- उद्योग तथा व्यापारिक फर्म, दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, खारेजी, प्रतिलिपि लगायतका सम्पूर्ण कार्यहरू गर्ने।
- उद्योगहरूलाई आवश्यक सुविधा सिफारिस गर्ने।
- प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने उद्योगका लागि IEE स्वीकृतिका लागि सिफारिस गर्ने।
- उद्योग अनुगमन गर्ने।
- मासिक, चौमासिक, वार्षिक प्रगति विवरणहरू तयार गर्ने।
- उद्योग तथा वाणिज्य फर्महरूको अभिलेख चुस्त दुरुस्त राख्ने।
- कार्यालय प्रमुखले निर्देश गरेको अन्य कार्य गर्ने।