वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व एकादशी - ११
१. दर्ता तथा प्रशासनिक सेवा
उद्योग तथा व्यवसायको दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, खारेजी, तथा प्रतिलिपि प्रदान गर्ने कार्यहरू।
२. उद्यमशीलता तथा सीप विकास तालिम
स्वरोजगार र क्षमतावृद्धिको लागि उद्यमशीलता विकास तथा सीपमूलक तालिम सञ्चालन।
३. बजार अनुगमन तथा आपूर्ति सहजीकरण
सहज आपूर्ति सुनिश्चित गर्न तथा वस्तु वा सेवाको सर्वसुलभ पहुँचका लागि बजार अनुगमन।
४. उपभोक्ता अधिकार संरक्षण
उपभोक्ताको अधिकारको संरक्षणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन।
५. उद्योग अनुगमन
दर्ता भएका उद्योगहरू कानुनी मापदण्डअनुसार सञ्चालन भइरहेका छन् कि छैनन् भनी अनुगमन।
६. उद्योग प्रवर्द्धन
स्थानीय स्तरमा उद्योगको विकास तथा प्रवर्द्धनका लागि विविध कार्यक्रम तथा पहलहरू सञ्चालन।