महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व द्वितीया - २

कर्मचारीहरूको लागि टिम बिल्डिङ तथा रिफ्रेसमेन्ट वर्कशप सम्पन्न

कर्मचारीहरूको लागि टिम बिल्डिङ तथा रिफ्रेसमेन्ट वर्कशप सम्पन्न

मिति २०८१।११।२३ र २४ गते उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत श्री विनोद पौडेल ज्यूको अध्यक्षता र बागमती प्रदेशका सचिव श्री राजेन्द्र कुमार के.सी. ज्यूको प्रमुख आतिथ्यतामा टिम बिल्डिङ तथा रिफ्रेसमेन्ट वर्कशप सम्पन्न भयो। कार्यक्रमले कर्मचारीहरूबीच सहकार्य, विश्वास र सम्बन्ध मजबुत बनाउन, तनावमुक्त वातावरण सिर्जना गर्दै नयाँ जोश भरिदिन, कार्यालयको उद्देश्यप्रति प्रतिबद्धता बढाउन, टिमवर्कद्वारा समस्या समाधान गर्ने सीप विकास गर्न तथा नयाँ आइडिया र रचनात्मक सोच प्रोत्साहित गर्न योगदान पुर्‍याएको छ।