महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा चतुर्दशी - २९

नागरिक बडापत्र

उद्योग तथा वाणिज्य कार्यालय चितवन

सि.नं.
प्रदान गरिने सेवा
पेश गर्नुपर्ने कागजात
लाग्ने समय
लाग्ने दस्तुर
कर्मचारी
गुनासो सुन्ने अधिकारी

१.

उद्योग दर्ता (रू.५ लाखभन्दा बढी र रू.१५ करोडसम्म मात्र)

१) रितपूर्वक भरिएको फाराम (ख)
२) २ प्रति फोटो र सक्कल नागरिकता लिई उद्यमी स्वयम् उपस्थित हुनुपर्ने
३) उद्योग रहने स्थानको लालपूर्जा वा भाडामा लिएको भए धनीसँगको घर/जग्गा भाडा सम्झौता सहित लालपूर्जा वा स्थानीय तहमा तिरेको सम्पत्ति कर रसिद वा बिजुली/खानेपानी बिल) र धनीको नागरिकताको प्रतिलिपि
४) सम्बन्धित स्थानीय तहको सिफारिस (चारकिल्ला खुल्ने)
५) प्रचलित ऐन, नियम अनुसारको सहमति/सिफारिस
६) कम्पनीको हकमा दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र, नियमावली, शेयर लगत, कम्पनी अद्यावधिक पत्र, शेयरधनीको नगरिकताको प्रतिलिपि, शेयर धनी वा सञ्चालक समितिको निर्णय(प्रमाणपत्रमा तस्बिर टाँसिने धनीको नाम वा छाप र अख्तियारवाला खुल्नुपर्ने) र अख्तियारवालाको परिचयपत्र
५) साझेदारीको हकमा साझेदारी सम्झौता र प्रत्येक साझेदारको नागरिकताको सक्कल सहित उपस्थिति र २/२ प्रति फोटो
७) वातावरण संरक्षण ऐन, २०७६ मा तोकिएका उद्योगहरूमा स्वीकृत भएको संक्षिप्त वातावरणीय प्रदिवेदन, IEE/EIA
८) आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन

कागजात पूरा भएकोमा सकभर सोही दिन (कार्यबोझ बढी भएमा कामअनुसार)

  1. पाँच लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्मः 7000
  2. दश लाख रुपैयाँभन्दा बढी बीस लाख रुपैयाँसम्मः 12000
  3. बीस लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मः 20000
  4. एककरोड रुपैयाँभन्दा बढी पाँच करोड रुपैयाँसम्मः 30000
  5. पाँच करोड रुपैयाँभन्दा बढीः 50000

एकीकृत सेवाप्रवाह कक्ष

गुनासो सुन्ने अधिकारी

२.

वाणिज्य (स्थानीय व्यापार, खरिद/बिक्री) (रू.५ लाखभन्दा बढी र रू.५ करोडभन्दा कम मात्र)

१) रितपूर्वक आवेदन फाराम, २) पूँजीको स्रोको स्वघोषणा पत्र
३) व्यवसायी स्वयम् सक्कल नागरिकता र २ प्रति फोटो सहित कार्यालयमा उपस्थित हुनुपर्ने
४) प्रचलित कानून बमोजिमको अनुमति, सिफारिस, इजाजत पत्र
५) कम्पनीको हकमा सि.नं. १ मा उल्लेख भए बमोजिम कागजातहरू ६) साझेदारी फर्मको हकमा साझेदारी सम्झौता पत्र, सबै साझेदारको २/२ प्रति फोटो र सक्कल नागरिकता सहित कार्यालयमा आफै उपस्थिति हुनुपर्ने

कागजात पूरा भएकोमा सकभर सोही दिन (कार्यबोझ बढी भएमा कामअनुसार)

सि.नं. 1 बमोजिम

एकीकृत सेवाप्रवाह कक्ष

गुनासो सुन्ने अधिकारी

३. उद्योग/वाणिज्य फर्मको नवीकरण (सुरुमा ५ वर्ष र त्यसपछि २ वर्ष, साझेदारीको हकमा हरेक वर्ष)

१) नवीकरण गरीपाऊँ भन्ने निवेदन
२) फर्म नवीकरण गर्नुपर्ने अवधि ५ वर्षभन्दा बढी भएकोमा स्वघोषणा पत्र
३) फर्म दर्ताको सक्कल प्रमाणपत्र
४) अघिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र (कर कार्यालयको सकारात्मक प्रतिक्रिया)

सोही दिन वा
सेवाग्राहीको क्रमअनुसार, पालो अनुसार (चाप बढी भएमा)
पूँजी अनुसार प्रदेश कानूनले तोकेबमोजिम र अवधि नाघेकोमा जरिवाना समेत हुने एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
४. पूँजी वृद्धि/क्षमता वृद्धि

१) पूँजी वृद्धि खुल्ने निवेदन (अनलाइन), (२) परिवर्तन हुने विवरणको आधारमा तोकिए बमोजिम कागजातहरू
३) कर चुक्ता प्रमाणपत्र, (४) वाणिज्य फर्ममा वृद्धि हुने पूँजीको स्रोतको स्वघोषणा
५) २० लाख रूपैयाँ वा सो भन्दा बढीको पूँजी भएको फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन
६) फर्म दर्ताको सक्कल प्रमाणपत्र (नवीकरण अद्यावधिक)
७) कम्पनीको हकमा अख्तियारवाला र पूँजी वृद्धिको सम्बन्धी निर्णय सहित कम्पनी सम्बन्धी कागजातहरू
८) वातावरण संरक्षण ऐन, २०७७ मा तोकिएका उद्योगहरूमा स्वीकृत भएको संक्षिप्त वातावरणीय प्रतिवदेदन, IEE/EIA
९) आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन

कागजात पूरा भएकोमा सोही दिन दर्ता दस्तुरबाट साविकमा तिरेको दर्ता दस्तुर घटाउँदा आउने दस्तुर एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
५. बिद्युत थप

१) बिद्युत थप गर्नुपर्नाको कारण सहित निवेदन (ख) फाराम (अनलाइन)
२) थप हुने मेशिन/उपकरणको क्याटलग, स्पेशिफिकेशन
३) आवश्यकता अनुसार कार्यालयको अनुगमन प्रतिवेदन

कागजात पूरा भएकोमा सोही दिन पूँजी परिवर्तनमा क्र.सं. ४ बमोजिम रकम, पूँजी परिवर्तन नभएमा दरखास्त दस्तुर रू.१००/- एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
६. फर्म नामसारी, शेयरधनी परिवर्तन

१) लिने दिने पक्ष स्वयम् कार्यालयमा उपस्थित भई संयुक्त निवेदन र नामसारी गरिलिनेको नाममा घर/जग्गा वा भाडाका सम्बन्धमा सि.नं.१ बमोजिम कागजातहरू
२) नामसारी/हकछोडपत्र/बिक्रीनामा मा नामसारी गरिदिने पक्षको कार्यालय समक्ष सनाखत,
३) कर चुक्ता प्रमाणपत्र र २० लाखमाथिको पूँजीको हकमा लेखापरीक्षण प्रतिवेदन
४) धनीको मृत्यूपश्चातको नामसारीमा मृत्यु दर्ता र हकवालाहरूको खुल्ने नाता प्रमाणपत्र सहितको स्थानीय तहको सिफारिस
५) दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण अध्यावधिक हुनुपर्ने)
६) साझेदारीमा नयाँ साझेदारबीचको कबुलियतनामा
७) कम्पनीको हकमा अख्तियारवाला र नामसारीको निर्णय, शेयर दर्ता किताब, कम्पनी अद्यावधिक पत्र

कागजात पूरा भएकोमा सोही दिन

नामसारीः दर्ता दस्तुर सरहको दस्तुर

स्वरुप परिवर्तनः दर्ता दस्तुर सरहको दस्तुर

एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
७. नाम संशोधन वा नाम परिवर्तन

१) निवेदन (अनलाइन)
२) कर चकुक्ता प्रमाणपत्र
३) दर्ता प्रमाणपत्र (सक्कल) (नवीकरण भएको हुनुपर्ने)
४) कम्पनीको हकमा अख्तियारवाला र नाम संशोधन वा नाम परिवर्तन सम्बन्धी निर्णय सहित सम्बन्धित कागजातहरू

कागजात पूरा भएकोमा सोही दिन दर्ता गर्दाको लाग्ने राजस्वको ५० प्रतिशत, कम्पनीको हकमा निवेदन दस्तुर रू.१००/- मात्र
८. फर्म ठाउँसारी/स्थानान्तरण/कारोबार थप/ठेगाना संशोधन

१) कारण सहित ठाउँसारी गरिपाऊँ भन्ने निवेदन (अनलाइन)
२) ठाउँसारी हुने स्थानको घर/जग्गा वा भाडाका सम्बन्धमा सि.नं.१ बमोजिम कागजातहरू
३) ठाउँसारी जिल्ला बाहिर हुने भए सम्बन्धित जिल्लाको घरेलु तथा साना उद्योग हेर्ने निकायको सहमति/सिफारिस पत्र
४) करचुक्ता प्रमाणपत्र
५) वातावरण संरक्षण ऐन, २०७६ मा तोकिएका उद्योगहरूमा स्वीकृत संक्षिप्त वातावरणीय प्रतिवेदन, IEE/EIA
६) सम्बन्धित व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने

सोही दिन

अर्को प्रदेशबाट स्थानान्तरण भई यस प्रदेशमा आउने उद्योगलाई पुँजी अनुसार यस प्रदेशमा दर्ता गर्दा लाग्ने दस्तुर रकमबाट सम्बन्धित प्रदेशमा पहिला दर्ता गर्दा लागेको दस्तुर घटाई हुन आउने दस्तुर राजस्व दाखिला गराई स्थानान्तरण गरिनेछ ।

प्रत्येक विवरणको रू.१००/- (दरखास्त दस्तुर रू.१००/- र प्रत्येक कारोबार रू.१००/-

एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
९. शाखा वा ईकाई थप

१) व्यहोरा खुल्ने निवेदन (अनलाइन)
२) कर चुक्ता प्रमाणपत्र
३) यस जिल्ला भित्र ईकाई खोल्दा खोल्ने स्थानको नयाँ दर्ता सरह घरभाडा सम्बन्धी सि.नं. १ बमोजिम कागजातहरू
४) जिल्ला बाहिर दर्तामा शाखा थप गर्दा सम्बन्धित जिल्ला उद्योग हेर्ने निकायको सहमतिपत्र

सोही दिन यस जिल्लामा दर्ता उद्योगको इकाई खोल्दा सि.नं. १ बमोजिम दस्तुर एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
१०. प्रतिलिपि प्रमाणपत्र

१) प्रतिलिपि आवश्यक पर्नुको कारण सहितको निवेदन (२) सम्भव भएसम्म पुरानो प्रमाणपत्र
३) नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित अख्तियारवाला वा उद्यमी उपस्थित हुनुपर्ने

सोही दिन रू.५००/- एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
११. उद्देश्य परिवर्तन

१) रितपूर्वक भरिएको संशोधन गरिएको (ख) फाराम (अनलाइन) र परिवर्तन हुने उद्देश्य अनुसारको उद्योगका लागि तोकिए बमोजिम कागजात

दरखास्त दस्तुर रू.१००/- एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
१२. फर्म खारेजी

१) फर्म खारेज/बन्द गर्नुको कारण खुल्ने निवेदन(अनलाइन), २) नागरिकताको सक्कल प्रमाणपत्र सहित स्वयम उपस्थित हुने,
२) धनीको मृत्युपश्चातको खारेजीमा मृत्यूदर्ता र हकवालाहरू खुल्ने नाता प्रमाणपत्र सहितको स्थानीय तहको सिफारिस लिई हकवाला उपस्थित हुनुपर्ने, ४) कर चुक्ता प्रमाणपत्र र २० लाख माथिको पूँजीको हकमा लेखापरीक्षण प्रतिवेदन, ५) फर्मको नाममा ऋण तथा दायित्त्व नलिएको/नभएको स्वघोषणा र प्रमाण, (५) दर्ता प्रमाणपत्र सक्कल(नवीकरण भएको हुनुपर्ने)

कागजात पूरा भएकोमा सोही दिन (बढीमा ५ दिन) दरखास्त दस्तुर रू.१००/- एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
१३. Exim-Code सिफारिस

(१) रितपूर्वक भरेको निवेदन र दर्ता प्रमाणपत्रको प्रतिलिपि, (२) कर चुक्ता प्रमाणपत्र

सोही दिन दरखास्त दस्तुर रू.१००/- एकीकृत सेवाप्रवाह कक्ष गुनासो सुन्ने अधिकारी
१४. प्रारम्भिक वातावरणीय मूल्याङ्कन(IEE/EIA) का लागि कार्यसूची(ToR) स्वीकृत

(१) दरखास्त फाराम, (२) प्रारम्भिक वातावरणीय परीक्षणको कार्यसूची (ToR), (३) ToR तयार गर्ने विज्ञहरूको विवरण(बायोडाटा)
(४) विज्ञले कार्यालयमा समिति समक्ष प्रस्तुतिकरण गर्ने, (५) समितिबाट तोकिए बमोजिम संशोधन गरी ३ प्रति पेश गर्ने

कागजात पूरा भएपछि ५ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने सि.नं. १ बमोजिम राजश्व एकीकृत सेवाप्रवाह कक्ष उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
१५. IEE/EIA को स्वीकृति (तोकिए बमोजिमका उद्योगहरूको हकमा लागू हुने)

(१) स्वीकृत कार्यसूची(ToR), (२) स्थापना हुने स्थानमा राय सुझावका लागि १५ दिने सूचना प्रकाश र सोको सूचना टाँस मुचुल्का
(२) राष्ट्रिय पत्रिकामा सूचना प्रकाशनको सक्कल प्रति (३) चार किल्ला खुल्ने गरी साँध सँधियार सहितको उद्योग/व्यवसाय खोल्ने अनुमतिको सर्जमिन मुचुल्का, (४) सम्बन्धित स्थानीय तहको सिफारिस (सूचना अवधिमा दाबी विरोध, सुझावको विवरण खुलाइएको)
(५) सार्वजनिक सुनुवाई र प्रतिवेदन, सुनुवाईमा निर्वाचित पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने (६) सम्पूर्ण कागजात तथा प्रक्रिया पूरा गरी कार्यालयमा प्रस्तुतीकरण, (७) प्रस्तुतीकरणमा प्राप्त सुझाव/निर्देशन समेटी ४ प्रति IEE/EIA प्रतिवेदन पेश गर्ने

कागजात पूरा भएपछि ५ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने सम्बन्धित अधिकृत र कार्यालय प्रमुख उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, बागमती प्रदेश