वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व द्वितीया - २
चितवन जिल्लामा सञ्चालन हुने उद्योगहरूलाई प्रचलित ऐन, कानूनको परिधीभित्र रहेर दर्ता तथा दर्ता भएका उद्योगहरूको सम्बन्धमा प्रत्यायोजित आफ्नो अधिकार क्षेत्रभित्र रही नविकरण पूँजी वृद्धि, क्षमता वृद्धी, उदेश्य थप, नामसारी, ठाउँसारी तथा दर्ता खारेज सम्बन्धी कार्य गर्ने।
चितवन जिल्लामा सञ्चालन हुने उद्योगहरूलाई प्रकृति हेरी प्रारम्भिक वातावरणीय परीक्षण (IEE)को कार्यूसूची (ToR) र प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृतका लागि उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेश हेटौंडामा सिफारिस गरी पठाउने ।
चितवन जिल्लामा सञ्चालन हुने तर कार्यालयको प्रत्यायोजित अधिकारभित्र नरहेका उद्योगहरूको सम्बन्धमा आवश्यक कागजात र सिफारिस साथ उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय बागमती प्रदेशमा पेश गर्ने।
कार्यालयमा दर्ता भएका उद्योगहरूको दैनिक कार्यविवरणहरूको अद्यावधिक अभिलेख राख्ने।
चितवन जिल्लामा सञ्चालन गर्ने गरी यस कार्यालयमा दर्ता भएका उद्योगहरूको स्थलगत निरीक्षण गर्ने देखिएका समस्याहरूको अनुगमन गरी समस्या समाधान गर्न पहल गर्ने तथा माथिल्लो निकायम पेश गर्नुपर्ने भएमा सोही वमोजिम गर्ने।
कार्यालयबाट सम्पादन भएको उद्योग प्रशासन सम्बन्धी कार्यहरूको मासिक, त्रैमासिक, वार्षिक प्रतिवेदनहरू तयारी गरी माथिल्लो निकायमा पेश गर्ने।