महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व दशमी - १०

कार्यालयको क्षेत्राधिकार

उद्योग तथा वाणिज्य कार्यालय, चितवनले चितवन जिल्काला भित्रका उद्योग तथा वाणिज्य प्रशासन तर्फको दर्ता, नविकरण, पूँजीवृद्धि इत्यादी जस्ता कार्यहरू गर्दछ। यस कार्यालयका प्रमुख जिम्मेवारीहरू निम्नानुसार छन्:

  1. उद्योग/वाणिज्य फर्म दर्ता तथा नवीकरण
    • साना उद्योगहरूको दर्ता, नवीकरण, अन्य तथा अभिलेखीकरणको काम गर्दछ।
  2. उद्योग सञ्चालन रहे/नरहेको सम्बन्धी अनुगमन
    • दर्ता गरिएका उद्योग तथा व्यापारहरू कानुनअनुसार सञ्चालन भइरहे/नभएको अनुगमन।
  3. तालिम सञ्चालन
  4. प्रविधि हस्तान्तरण
  5. उद्योग प्रवर्द्धन तथा सहजीकरण
    • उद्यमशीलता प्रवर्द्धन, सूचना तथा सल्लाह प्रदान गर्ने, उद्योग स्थापनामा सहजीकरण गर्ने।
  6. उद्योग र व्यापारसम्बन्धी समस्या समाधान
    • उद्योगी/व्यवसायीको गुनासो सम्बोधन ।
  7. अन्य कानूनी जिम्मेवारी
    • सरकारद्वारा तोकिएका अन्य सम्बन्धित ऐन, नियमावली तथा कार्यविधिअनुसारको कार्य सम्पादन।