स्थानीय व्यापारको उद्देश्य राखी चितवन जिल्लामा सञ्चालन हुने वाणिज्य फर्महरूलाई प्रचलित ऐन, कानूनको अधिनमा रही दर्ता तथा दर्ता भएका वाणिज्य फर्महरूको नविकरण पूँजी वृद्धि, क्षमता वृद्धी, उदेश्य थप, नामसारी, ठाउँसारी तथा दर्ता खारेज सम्बन्धी कार्य गर्ने ।
स्थानीय व्यापारको उद्देश्य राखी यस जिल्लामा सञ्चालनमा रहेको तर अव आयात निर्यात उद्देश्यमा संशोधन गर्नुपर्ने वाणिज्य फर्महरूको हकमा आवश्यक सिफारिस र फाइल सहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पेश गर्ने ।
अत्यावश्यक उपभोग्य वस्तु तथा सेवाको सूचना संकलन, विश्लेषण, प्रक्षेपण र आपूर्ति व्यवस्था सम्वन्धी कार्य गर्ने ।
कानुनको अधिनमा रही आन्तरिक बजार व्यवस्थापन तथा प्रतिस्पर्धा प्रवर्द्धन र सिन्डिकेड तथा कार्टेलिङ्ग नियन्त्रण सम्वन्धी कानुन कार्यान्वयन गर्ने गराउने ।
संघ, प्रदेश र स्थानीय तहका सरोकारवाला निकाय तथा संघ सस्थासंग समन्वय गरी व्यापार सहजीकरण गर्ने ।
व्यापार व्यवसाय सम्बन्धी फर्महरूको विवरण अद्यावधिक गरी मासिक, त्रैमासिक, वार्षिक विवरण माथिल्लो निकायमा पेश गर्ने
व्यापार व्यवसाय विकास, विस्तार, प्रवर्द्धन र नियमन सम्वन्धी अन्य काम कारबाही गर्ने।