महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व द्वितीया - २

कार्यालयको परिचय

नेपालको अर्थतन्त्रमा उद्योगहरूको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । उद्योगहरूको माध्यमबाट एकातिर स्थानीय स्रोत, साधन र सीप तथा प्रविधिको उच्चतम उपयोग गर्दै उपभोक्ताहरूलाई गुणस्तरीय सेवा र वस्तुको वितरण गर्ने तथा अर्कोतिर स्थानीय तहमै प्रशस्त रोजगारीको अवसर सिर्जना गरि जीवनस्तरमा सुधार गर्ने कार्यमा यस उद्योग तथा वाणिज्य कार्यालयले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । यसका साथै औद्योगिक विकासको माध्यमबाट सवल, गतिशील, प्रतिस्पर्धी एवम् उत्पादनमूखी अर्थतन्त्र निर्माण गर्नेतर्फ समेत प्रयासरत रहेको छ ।

वि.सं. १९९६ सालमा व्यावसायिक तालीमको माध्यमबाट रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले सर्वप्रथम नेपालमा घरेलु ईलम प्रचार अड्डाको नामबाट कार्यालय स्थापना भएको थियो। वि.सं.२०२१/०२२ सालमा अञ्चल स्तरको “घरेलु इलम केन्द्र” को नामले बिस्तार हुँदै वि.सं.२०३० सालमा उद्योग प्रशासन समेतको कार्य बिस्तार गरी घरेलु तथा साना उद्योग विभागको स्थापना भएपछी ७५ जिल्लामा शाखा कायम भएको थियो। वि.सं.२०४९ सालमा दोहोरोपन हटाउन ४८ जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र २७ जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय रहने गरी संरचना कायम भएको थियो।यो कार्यालय २७ जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालयहरू मध्ये यस चितवन जिल्लामा समेत सोही कार्यालयको रूपमा रहेको थियो ।

मुलुक संघीय संरचनामा प्रवेश गरेपश्चात साविकमा उद्योग मन्त्रालय अन्तर्गतको घरेलु तथा साना उद्योग विभाग मातहतमा संचालित यस कार्यालय मिति २०७५/०८/०१ गते देखी बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय मातहत रही कार्य सम्पादन गरेको थियो ।

बागमती प्रदेश सरकारको २०७९/१०/१० मा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय गठन भई यस अन्तरगत र मिति २०८०/०५/०५ को निर्णयको निर्णयानुसार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय अन्तर्गत रही कार्य सम्पादन गर्दै आइरहेकोमा मिति २०८०/०९/०३ को निर्णयले साविक घरेलु तथा साना उद्योग कार्यालयको नाम परिवर्तन गरी उद्योग तथा वाणिज्य कार्यालयको रूपमा साविककै कार्य सम्पादन गर्दै आइरहेको छ ।