महिला, अपाङ्गता भएका व्यक्ति, दलित , अल्पसङ्ख्यक वा लोपोन्मुख समुदायका व्यक्तिहरूका नाममा फर्म दर्ता गर्दा छुट सम्बन्धी व्यवस्था
Powered by
riri one
खण्ड ७) अतिरिक्ताङ्क ४ प्रदेश राजपत्र भाग १ मिति २०८०/३/३१
१५. प्रादेशिक व्यापार तथा व्यवसायको लागि छुट सम्बन्धी विशेष व्यवस्था :
(१) प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ बमोजिम कुनै महिला, अपाङ्गता भएको व्यक्ति दलित, अल्पसङ्ख्यक वा लोपोन्मुखल समुदायका व्यक्तिले प्राइभेट फर्म रजिष्ट्रेशन गर्न चाहेमा त्यस्तो फर्म रजिष्ट्रेशन गर्दा प्रचलित प्रदेश कानून बमोजिम लाग्ने दस्तुमा पचास प्रतिशत छुट हुनेछ ।
(२) उपदफा (१) बमोजिम छुट प्राप्त गर्नका लागि अपाङ्गता भएको व्यक्ति, दलित, अल्पसङ्ख्यक वा लोपोन्मुख समुदायका व्यक्तिले नेपाल सरकारको सम्बन्धित निकाय वा स्थानीय तहबाट अपाङ्गता भएको, दलित, अल्पसङ्ख्यक वा लोपोन्मुख समुदायको व्यक्ति रहेको पहिचान हुने प्रमाणप पत्रको प्रतिलिपि फर्म दर्ता गर्दाका बखत दर्ता गर्ने निकायमा पेश गर्नुपर्नेछ ।