प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा 7 सँग सम्बन्धित सोही ऐनको अनुसूची १ बमोजिम उद्योगले उद्योग दर्ता गर्नु पूर्व उद्योग दर्ता गर्ने निकाय मार्फत समितिबाट सहमति लिनु पर्ने व्यवस्था रहेको छ।
• चुरोट, बिंडी, खैनी, सिँगार तथा सूर्ती मुख्य कच्चा पदार्थ हुने वस्तु उत्पादन गर्ने उद्योग,
• बियर तथा मदिरा उत्पादन गर्ने उद्योग,
• ढुङ्गा गिट्टी, बालुवा उत्खनन, प्रशोधन गर्ने मझौला तथा ठूला उद्योग,
• रेडियो सञ्चार उपकरण उत्पादन गर्ने उद्योग,
• मार्वल, ग्रेनाईट, चुनढुङ्गा, खरीढुङ्गा, ईट्टा, टायल स्लेट, ब्लक, भूईमा विच्छाउने ब्लक टायल, ह्युम पाइप,
• खानी अन्वेषण गर्ने उद्योग,
• निर्यात प्रयोजनका लागि उत्पादन गर्ने घरायसी हतियारहरू जस्तैः खुकुरी, कर्द, चुप्पी, चुलेसी, स्याङ्गी, बन्चरो आदि,
• यस ऐनमा उल्लेख नभएका तर सङ्घीय सरकारबाट प्रदेशलाई हस्तान्तरण भई आएका जुनसुकै उद्योग तथा प्रचलित कानून बमोजिम सहमति/अनुमति पत्र लिनु पर्ने उद्योग