महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा दशमी - २५

हाम्रो मिशन

लक्ष्य र उद्देश्य

लक्ष्य १. उद्योग व्यवसायको स्थापना, विकास र प्रवर्धन क्षेत्रमा सहजकर्ता र नियामककर्ताको रूपमा भूमिका निर्वाह गर्दै राष्ट्रिय औद्योगिकरण प्रकृयामा टेवा पुर्‍याउन सक्रिय भूमिका निर्वाह गर्ने । २. परम्परागत सिप र प्रविधिको प्रवद्र्धन गरी, सिप विकास तालिमको माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने । ३. रोजगारीका अवसरहरूको सिर्जना गर्दै सिप विकास तालिम र उद्यमशीलता विकास तालिमको माध्यमबाट औद्योगिक विस्तारमा सहयोग पुर्‍याई गरिबी न्यूनीकरण कार्यमा योगदान दिने । उद्देश्य १. स्वदेशी श्रम, सीप र स्रोतको उपयोग गरी उद्योगको विकास गर्ने । २. स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको व्यावसायिक उपयोग गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने । ३. परम्परागत कुटिर, लघु, घरेलु एवम् साना हस्तकलाका उद्योगहरूको संरक्षण तथा सम्बर्द्धन गर्ने । ४. उद्योग विकासको लागि विभिन्न प्रबर्द्धनात्मक कार्यहरू गर्ने । ५. दीगो औद्योगिक विकासको लागि आवश्यक कार्यहरू गर्ने । ६. उद्योगको विकास, विस्तार, संरक्षण तथा सम्बर्द्धन गर्ने । ७. व्यापार तथा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र व्यवस्थित बनाई उपभोक्ता तथा व्यापार व्यवसायमैत्री वातावरण सिर्जना गर्ने ।